हजार करोड कमाउने चौथो फिल्म ‘केजीएफ २’

  Sampatti News

May 3, 2022

काठमाडौं – साउथ फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाईको गति बक्स अफिसमा रोकिने अवस्थामा छैन । ‘
रकी भाई’ अर्थात् यशको आँधीका कारण ठूलठूला रेकर्डहरु ध्वस्त भएका छन् ।

यो फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरिसकेको छ । यसरी हजार करोडको रेकर्ड बनाउने फिल्ममध्ये ‘केजीएफ २’ चौथो बनेको छ ।

कति कमायो विश्वभर ?

ट्रेड एनालिस्ट रमेश बालाले फिल्म ‘केजीएफ च्याप्टर २’ को विश्वव्यापी तथ्याङ्कको बारेमा नयाँ जानकारी दिएका छन् ।
उनले ट्वीट गर्दै फिल्मले विश्वभर १००० करोडको आँकडा पार गरिसकेको बताउँदै हजार करोड क्लबमा प्रवेश गर्ने चौथो फिल्म भएको जानकारी गराएका छन् । ‘बाहुबली–२’, ‘दंगल’ र ‘आरआरआर’ पछि ‘केजीएफ च्याप्टर २’ हजार करोड कमाउने चौथो फिल्म बनेको छ ।

प्रकाशित मिति:May 3, 2022