एकीकृत समाजवादीको गीतमा बामदेव गौतमको शब्द

  Sampatti News

May 4, 2022

काठमाडौं-नेकपा एकीकृत समाजवादीको लागि राष्ट्रिय सभा सदस्य बामदेव गौतमले शब्द संरचना गरेर चुनावी गीत तयार पारेका छन् ।

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ बोलको चुनावी गीत गौतमले लेखेका हुन् ।

उक्त गीत मंगलबार युट्युवमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको चुनावी गीतको भिडिओमा एकीकृतका शीर्ष नेता लगायत बामदेव पनि देखिन्छन् ।

प्रकाशित मिति:May 4, 2022