ई शिवहरि सापकोटाको अवकाशसँगै को आउला सडक विभागको भावी नेतृत्वमा ?

  Sampatti News

May 6, 2022

अबकाशको मुखमा करिव चार महिना सडक विभागका महानिर्देशकको जिम्मेवारीमा रहेर ५८ वर्ष उमेर हदका कारण ई शिवहरि सापकोटा बैशाख १९ गते सेवानिवृत्त भएसँगै अब सडक विभागको महानिर्देशकमाको आउला भन्ने प्रश्न अहिले निजामती वृतमा चर्चामा आउन थालेको छ ।

ईन्जिनियर शिवहरि सापकोटा सेवानिवृत्त भएसँग सडक विभागको भावी नेतृत्वपारे विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् ।

४ महिनाको छोटोसमयमा ईन्जिनियर सापकोटाले गरेको कार्यको मुल्याँङ्कन गदैँ विभागका कर्मचारीहरूले केशवकुमार शर्मा का पालामा पनि निकै राम्रो भएकाले उहाँ पछि सापकोटा डीजी बनेको भए विभागले काँचुली फेर्ने र सिष्टम बस्ने थियो भन्दै आएका छन् ।

यध्यपी ४ महिनाको छोटोसमयमा समेत ईन्जिनियर सापकोटाले लोभलालच र पैसाको पछि नलागी हुने कामलाई हुने र नहुने कामलाई नहुने भनी कसैको दबाबमा नपरी उत्कृष्ट कार्य सम्पादन गरेर विदा भएका छन् ।

अहिले सापकोटाको अवकाशपछि मात्र अर्जुनजङ्ग थापा डीजी बनेको भए सडक विभागको संगठन निकै राम्रो बन्ने थियो भन्ने कर्मचारीको यतिबेला पनि सुझाव रहेको छ ।

हाल सापकोटाको अवकाशपछि विभागको नेतृत्व निमित्तका रूपमा योजना महाशाखा एवं प्रवक्ता शिव नेपालले सम्हाली रहेका छन् ।

वरिष्ठताको हिसाबले २०४७ सालका सार्वजनिक सेवा प्रवेश गरेका हाल उत्तर—दक्षिण करिडोर आयोजना प्रमुख दीपक श्रेष्ठ विभागको डीजी बन्नुपर्ने हा तर, चार महिनापछि सेवा निवृत्त हुने भएकाले श्रेष्ठले डीजी बन्न रुचि नराखेको जानकारहरूले बताएका छन् ।

चार महिनापछि सेवा निवृत्त हुने तथा निःशुल्क रुपमा डीजी बन्ने सम्भावना अत्यन्त न्युन भएकाले श्रेष्ठ छोटो समयकलागी पैसा खर्च गरेर डीजी बन्ने पक्षमा नरहेको चर्चा अहिले प्रशासन वृतमा चलेको छ ।

उता स्रोत, साधन र शक्ति भएर पनि एडीबी निर्देशनालयका आयोजना प्रमुख सुशीलबाबु ढकाल अहिले डीजी बनेर पछि मन्त्रालय कुर्नुभन्दा हतार नगरी आउने र रमाउने सोचमा रहेको समाचार स्रोतले बताएको छ ।

मन्त्रालयका बैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माको जागिर अवधि तीन वर्ष मात्र बाकी भएकाले विभागतिर फर्कनुभन्दा सचिव बन्न उनी त्यतातर्फ लागिपरेका छन् । शर्मा आगामी २०८२ चैत्र ९ गते अनिवार्य अवकाशमा जादैछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने रेल विभागका महानिर्देशक दीपक भट्टराई आगामी २०७९ श्रावण १८ गते र सडक विभागका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई.) हरू दीपक श्रेष्ठ २०७९ भदौ १९, कैलाश श्रेष्ठ २०७९ असोज ६ र अशोक तिवारी २०७९ फागुन २२ गते सरकारी जागिरको भारी बिसाउँदै छन् ।

यस्तो अवस्थामा विभागमा विभागको नेतृत्व सम्हाल्नेमा अर्जुनजंग थापा र शिव नेपालमध्ये कसले बाजी मार्लान् भन्ने व्यापक चर्चा र चासो बढेको छ ।

थापाले १० महिना सडक विभागको नेतृत्व मा रहदा इतिहासमा नभित्रीएको बिकृती भित्र्याउन सफल भएका महानिर्देशक मा चिनिन्छन । यिनि पटकपटक बिभाग भित्रिनु पर्ने कारण खोजिन थालेको छ । ठेक्का मा लाग्ने कालोसूचीमा रहेकाहरु यतिबेला थापा कजिको लबिङमा छ्न सँगै बिभाग सुधारकहरु भने नेपाल भए सुशासनको घाम सडकले पाउने भन्ने तर्क धेरैको सुनिन्छ ।

थापा २०८० कार्तिक ६ गते सेवा निवृत्त हुँदैछन् भने शिव नेपाल २०८० जेठ २६ सम्म समयावधि रहेको छ।

प्रकाशित मिति:May 6, 2022