सातामा दुई दिन बिदा : बिरामीलाई थप मर्का

  Sampatti News

May 8, 2022

काठमाडौँ – आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । स्वास्थ्य क्षेत्रमा बिदाको दिन हाडजोर्नी, नसा, डेन्टल, सुत्केरी–गर्भवतीको जाँच, छाला, न्युरो, साइक्याट्रिक, नाक, कान, घाँटीलगायतको ओपीडी सेवा मात्र नभई अप्रेसनमा समेत सोझो असर पर्छ ।

सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइड, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । सातामा दुई दिन बिदा दिने सरकारी निर्णय लागू भएको खण्डमा बिरामीले थप सास्ती खेप्नुपर्नेछ ।

सर्लाहीकी ७५ वर्षीया तिलमाया गौतमको ट्रमा सेन्टरमा १४ दिनअघि खुट्टाको अप्रेसन गरिएको थियो । अचानक दुख्न थालेपछि सोमबार उनी ओपीडीमा जचाउन आइन् । खुट्टामा स्टिलको पाता राखेकाले ह्वीलचियरमा बस्न नसक्ने भएपछि ट्रलीमा ल्याइएको थियो ।

सातामा दुई दिन बिदा हुँदा बिरामीले आवश्यक परेका बेला विशेषज्ञ सेवा नपाउने हो कि भन्ने चिन्ता बढेको उनकी छोरी राधाले बताइन् । अहिले नै सरकारी अस्पतालमा बिरामीहरूले अप्रेसनका लागि पालो पाउन महिनौं कुर्नुपर्ने बाध्यता छ ।

भन्छन्, ‘ट्युमरको डल्लोमा क्यान्सर भएकाले जति चाँडो अप्रेसन गर्न सक्यो त्यति फैलिनबाट बचिन्छ तर अस्पतालमा पालो पाउनै गाह्रो छ ।’ सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले बिरामी थप मर्कामा पर्ने उनी बताउँछन् । ‘

समयमा उपचार नपाउँदा बिरामीको अवस्था खस्कन सक्छ, स्वास्थ्य संस्थामा ड्युटी मिलाएर शनिबारसमेत सेवा दिने वातावरण बनाउनुको सट्टा दुई दिन बिदा दिएर सर्वसाधारणलाई मारमा पार्ने काम भएको छ,’ उनले भने ।

प्रकाशित मिति:May 8, 2022