सिरहाको धनगढीमाई नगरपालिकामा मेयरमा महतो -उपमेयरमा चौधरी

  Sampatti News

May 20, 2022

काठमाडौं – सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका मेयर पतमा शिवशंकर महतो र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वार हरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धीहरू नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे।

प्रकाशित मिति:May 20, 2022