कविलासी नगरपालिको अध्यक्ष र उपप्रमुखमा कांग्रेस विजयी

  Sampatti News

May 20, 2022

काठमाडौं – सर्लाहीको कविलासी नगरपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ब्रम्हदेव राय र उपाध्यक्षमा पुनम कर्ण निर्वाचित भएका हुन् । कविलासी नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार ब्रम्हदेव राय ६ हजार ४४४ मत ल्याई विजयी भएका छन् ।


उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार रामनरेश रायलाई १ हजार ७८१ मतान्तरले पराजित गरेका हुन् । पराजित रामनरेश रायले ४ हजार ६६३ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पुनम कर्ण ६ हजार ९०७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार राधा देवीले ४ हजार ९१६ मत ल्याएकी छन् ।

सर्लाही कविलासी नगरपालिकामा कूल जनसंख्या ४४ हजार ६८८ रहेको छ भने कुल मतदाता संख्या २५ हजार ४०९ रहेको छ । जसमा १३ हजार ९५१ पुरुष र ११ हजार ४५८ महिला रहेका छन् । यस नगरपालिकामा १० वडा छन् ।

प्रकाशित मिति:May 20, 2022