गौर नपामा एक्लै लडेको एकीकृत समाजबादीका शम्भु साह बिजयी

  Sampatti News

May 20, 2022

काठमाडौं – रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद गठबन्धन बिना नै लडेको नेकपा एकीकृत समाजवादीले जितेको छ ।

एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । मेयरमा साहको बिजय सगै गौरमा खुशियाली छाएको छ ।

लामो समय सामाजिक सेवा मार्फत राजनीतिक यात्रामा उदाएका एकीकृत समाजबादी का प्रदेशका नेता समेत रहेका साहले पुर्व प्रधानमन्त्री माधबकुमार नेपालको लोकप्रियताको जगमा आफुलाइ सामाजिक काम मार्फत स्थापित गराएका थिए ।

पहिला पनी निर्वाचनमा भाग लिए पनि झिनो मत अन्तरले पराजित भएका साहले पराजित हुदाहुदै पनि गौरवासीका सुखदुःखमा जोडिदै जनपक्षीय काममा भ्रष्टाचारका विरुद्धमा जमेर ओकालत गर्दै अगाडि बढ्नु भएको थियो ।

यसैबीच यस पटक पार्टी एक्लै चुनावी भिडन्तमा रहेका बेला पनि साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।

प्रकाशित मिति:May 20, 2022