काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै

  Sampatti News

May 20, 2022

काठमाडौं – काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परीणाम अनुसार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ । शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ । तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १० हजार मत कटाएकी छन् । उनको हालसम्म १५ हजार १० मत पुगेको छ ।

त्यस्तै महानगरको उपमेयर तर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनको २६ हजार ५७५ मत पुगेको छ । दोस्रो स्थानमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ८ हाजार ५९१ पुगेको छ ।

प्रकाशित मिति:May 20, 2022