काठमाडौं महानगर अपडेट : साहले ५० हजार भन्दाबढी मतसहित अग्रता कायमै

  Sampatti News

May 24, 2022

काठमाडौं – काठमाडौंको महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवा बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिमाण अनुसार बालेन्द्रले ५० हजार ३० मत पाएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछिल्लो मत अनुसार ३० हजार ७६७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत पाएका छन् ।

सिर्जना केशव भन्दा ७५२ मत अन्तरले अगाडि छिन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो । मतगणना जारी छ ।

प्रकाशित मिति:May 24, 2022