कामपा – २२ मा एमालेका महर्जन विजयी

  Sampatti News

May 24, 2022

काठमाडौं – काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी हुनुभएको छ ।

महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति:May 24, 2022