कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन

  Sampatti News

June 1, 2022


काठमाडौं – कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ ।आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ । स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सँै घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनुभयो । “सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा २४ सैँ घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”नियमितरुपमा सञ्चालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराउनुभयो ।कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्दै उहाँले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताउनुभयो ।

प्रकाशित मिति:June 1, 2022