जसपा र राजपा लोकतान्त्रिक बिच समाहित

  Sampatti News

June 12, 2022


जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा राजपा लोकतान्त्रिक समाहित भएको छ । जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष यादव र राजपा लोकतान्त्रिकका अध्यक्ष रितेशकुमार सिंहले दुवै पार्टी एक भएको घोषणा गरेका छन् ।

सो समारोहमा अध्यक्ष यादवले अन्य मधेस केन्द्रित दललाई पनि एकताका लागि आह्वान गरे । उनले जनकपुरमै केहिदिन अगाडी लोसपालाई पनि एकताका लागि आह्वान गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता कार्यकर्ताहरू सहभागी थिए ।

प्रकाशित मिति:June 12, 2022