महिला क्रिकेट टिम स्वदेश फर्किए

  Sampatti News Online

June 27, 2022

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

नेपाली टोली आज बिहान आइपुगेको हो । नेपालका लागि युएईसँगको सेमीफाइनल खेलमा वर्षा बाधक बनेको थियो । वर्षाले खेल रोकिएपछि फाइनल पुग्न सकेको थिएन ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । समूह चरणको अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएको हो ।

प्रकाशित मिति:June 27, 2022