आज ओन्टारियोसँग भिड्दै नेपाल

  Sampatti News Online

July 3, 2022

काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ । साँझ ७ : १५ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि-२० फर्म्याटको खेल खेल्न लागेको हो ।

यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।

क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

प्रकाशित मिति:July 3, 2022