नेपाली क्रिकट टिममा टेक्निकको अभाव छ “मुख्य प्रशिक्षक मनोज”

  Sampatti News Online

August 14, 2022

२९ साउन, काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले भने नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिन्छ उनले बताए ।

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नु पर्दैन ।’
उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली क्रिकट टिमको ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’

प्रकाशित मिति:August 14, 2022