चालु आर्थिक बर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धी हुने ‘नेपाल राष्ट्र बै‌क’

  Sampatti News Online

August 17, 2022

काठमाडौ । नेपाल राष्ट्र बै‌कले चालु आर्थिक बर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धी हुने प्रक्षेपण गरेका छन् । राष्ट्र बैकले जारी गरेको देशको बर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीती दर ६.३२ प्रतिशत रहेको उल्लेख गरेका छन् ।

बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४.७ प्रतिशत र निर्यात ४१.७ प्रतिशतले बढेका छन् । अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले बढेको जनाएका छन् ।

नेपाल राष्ट्र बैकले बिप्रेषण प्रवाह नेपाली रुपियाँमा ४.८ प्रतिशत र अमेरिकी डलर २.२ प्रतिशतले बढेको जनाएका छन् । मुलुकको शोधान्तरस्थिती २५५ अर्व २६ करोडले घाटामा रहेको उल्लेख गरेका छन् । अघिल्लो बर्ष शोधान्तर स्थिती १ अर्व २३ करोडले बचतमा रहेको थियो । राष्ट्र बैकको पछिल्लो प्रक्षेपणले मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको अर्थबिज्ञहरुले बताएका छन ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर मात्रै रहेको छ । उक्त सञ्चिति ६ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र सक्ने अवस्था रहेको बैकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव १ प्रतिशतले बढेका छन् । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४६ खर्ब २१ अर्ब पुगेको पनि बैकले जनाएका छन् ।

बैकका अनुसार कृषि क्षेत्रको वृद्धि २.३० प्रतिशत, उद्योग क्षेत्रको १०.१९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ५.९३ प्रतिशत रहेको अनुमान बैकले गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २३.९५ प्रतिशत, १४.२९ प्रतिशत र ६१.७६ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ९.२७ प्रतिशत पुगेका छन् । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २९.३७ प्रतिशत र ३१.९५ प्रतिशत रहेको राष्ट्र बैकले जनाएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा कुल विद्युतको जडित क्षमता वृद्घि भई २१८९.६ मेगावाट पुगेका छन् । जसमध्ये जलविद्युत २०७५.४ मेगावाट, सोलार ५४.८ मेगावाट, कोजेनेरेसन ६ मेगावाट र थर्मल ५३.४ मेगावाट विद्युत जडित क्षमता रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको पनि बैकले उल्लेख गरेको छ । पर्यटक संख्या ३ लाख ७०हजार ९सय ६ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त संख्या ७० हजार १ सय २३ रहेको पनि बैकले जनाएको छ ।

बैकले गत असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ८ प्रतिशत रहेको जनाएको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६ दशमलव १३ प्रतिशत, ९ दशमलव ९२ प्रतिशत, ९ दशमलव ८४ प्रतिशत र ८ दशमलव ५७ प्रतिशत रहेको बैकले उल्लेख गरेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५ दशमलव ८२ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत, ७ दशमलव ९ प्रतिशत र ६ दशमलव ६८ प्रतिशत रहेको पनि बैकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६ दशमलव ८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ८१ प्रतिशत रहेको पनि बैकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६दशमलव ८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २ दशमलव ५१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९दशमलव ३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको पनि बैकले जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५ दशमलव ७३ प्रतिशत, तराईमा ६ दशमलव ४१ प्रतिशत, पहाडमा ६ दशमलव ८७ प्रतिशत र हिमालमा ६ दशमलव७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३ दशमलव ३३ प्रतिशत, ३ दशमलव ६८ प्रतिशत, ३ दशमलव ८७ प्रतिशत र २ दशमलव ८७ प्रतिशत रहेको थियो ।

गत असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ८ प्रतिशत रहेको छ । सन्२०२२ जुलाई महिनामा भारतको यस्तो मुद्रास्फीति ६ दशमलव ७१ प्रतिशत रहेको पनि बैकले उल्लेख गरेको छ ।

चालु आर्थिक बर्षमा वार्षिक औसत थोक मुद्रास्फीति ९ दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७ दशमलव ६१ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा वार्षिक औसत तलव तथा ज्यालादर सूचकाङ्क ६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क १ दशमलव ६० प्रतिशतले वृद्धि भएको थियो ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१ दशमलव ७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४ दशमलव ७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव ७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव ५ प्रतिशत, १३दशमलव २ प्रतिशत र ३६ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात तर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । निर्यात तर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैकले जनाएको छ ।

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २१३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात १९० अर्ब ५४ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७ दशमलव ५ प्रतिशत र ५२ दशमलव ४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ० दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः २८ दशमलव ६ प्रतिशत, ० दशमलव ४ प्रतिशत र ७१ दशमलव १ प्रतिशत रहेको थियो ।

निर्यात–आयात मूल्य सूचकाङ्क

वार्षिक विन्दुगत आधारमा गत असार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ दशमलव ३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २१ दशमलव ६ प्रतिशतले बढेको छ । २०७८ असार महिनामा ३ दशमलव ४ प्रतिशतले घटेको व्यापारको शर्त गत असार महिनामा १० दशमलव १ प्रतिशतले घटेको छ । समिक्षा वर्षमा व्यापारको शर्त ४ दशमलव ९ प्रतिशतले घटेको पनि राष्ट्र बैकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा खुद सेवा आय १०८ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३४६ दशमलव ५ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ अर्ब २७ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४ दशमलव ८ प्रतिशतले वृद्धि भई।१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८ दशमलव २ प्रतिशतले बढेको पनि बैकले जनाएको छ ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२ दशमलव ८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८ दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४।५ प्रतिशतले कमी आई ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ दशमलव ९ प्रतिशतले कमी आई ।१८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

विदेशी विनिमय सञ्चिति

२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले कमी आई गत असार मसान्तमा १२१५

अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५ दशमलव १ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेको छ ।

बाह्य लगानी स्थिति

गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १३३० अर्ब ६५ करोड तथा दायित्व १५८८ अर्ब २७ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २५७ अर्ब ६२ करोडले घाटामा रहेको छ । २०७८ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ८० अर्ब १२ करोडले बचतमा रहेको थियो ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा २०७८ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४.५३ रहेको कच्चा पेट्रोलियमको मूल्य गत असार मसान्तमा ५०.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११२.२६ पुगेको छ ।

प्रकाशित मिति:August 17, 2022