अर्थको राजस्व सचिव दङ्गाल आजबाट काममा

  Sampatti News Online

August 18, 2022

काठमाडौँ।जागिरे जिवनको २२ वर्षको उमेरमै सचिब भएका रामेश्वर दङ्गाललाई सुदूरपश्चिम प्रमुख सचिबको भुमिकामा रहदा रहदै सरकारले राजस्व सचिबको जिम्मेवारी दिए सगै दङ्गालले अर्थ मन्त्रालयको राजस्व सचिबको जिम्मेवारी आजबाट समाल्नुभएको छ।
मन्त्रालयको राजस्व महाशाखामा लामो समय काम गरि अनुभव बटुलिसक्नु भएका उहाँले भन्सार बिभागमा महानिर्देशकको भुमिका समेत उत्कृष्ट ढंगबाट काम गर्नुभएको बताइन्छ ।

सचिब दङ्गालको निजामती प्रवेश

दङगालले २०५६ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

२०६३ सालमा उपसचिव हुदै २०६९ सालमा सहसचिब पास गर्नुभएका दङ्गाल धनकुटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकाका साथै प्रधानमन्त्री कार्यालय देखि वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुखको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

२०७२ सालको बिनाशकारी भुकम्पका बेला उहाँ गृह मन्त्रालयको बिपत ब्यबस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुराको समेत प्रमाणित गराएको छ ।

त्यस ताका उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब दङ्गाल गण्डकी प्रदेशको अर्थ सचिबको भुमिका साथै सङ्घिय अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुखको जिम्मेवारीमा रहदै गर्दा २०७८ माघ १७ गते सचिबमा बढुवा हुनुभएको हो ।

सचिब दङ्गालले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।

४८ बर्षको उमेरमा सचिवमा बढुवा भएका रामेश्वर दंगाल अहिले सम्मकै दोश्रो कान्छा सचिवको रुपमा रहेका छन् ।
उनीहरु आफ्नो सेवाकालको१२ वर्ष बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा आसिन भएका छन् ।
सचिव कार्यकालको ५ बर्ष सकिदा सचिव दङ्गाल उमेरको हदले जागिरे जिवन बाकी हुदै अवकास पाउने सचिबमा पर्ने भएका छन् ।

प्रकाशित मिति:August 18, 2022