अख्तियार थप कठोर बन्दै श्रावणमा मात्रै २१ सय उजुरी

  Sampatti News Online

August 18, 2022

काठमाडौ।आम जनतामा सुशासन प्रत्याभूत गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष परेका उजुरीको ट्रेन हेर्ने हो भने भ्रस्टाचार तिब्र रुपमा बढेको निष्कर्ष जो कोहीले पनि सजिलै भन्नसक्छ।

हरेक मन्त्रालय र बिभागका प्रमुखहरुलाइ आयोग मै बोलाइ अबका दिनमा राम्रो नतिजा नआए थप कठोर बन्ने संकेत गरेको आयोगले अब नियमक निकायलाई बोलाउने तयारी गरेको बुझिएको छ।

गत वर्षको आ.ब. बाट सरि आएका आठ हजार तिरानब्बे उजुरी लाई घटाएर सात हजार एक सय बैसठ्ठी यो आ.ब.मा झार्नुलाई अख्तियारले आफनो अनुसन्धान र फर्छ्यौटको कामलाई तीव्रता दिएकै कारण बाकी उजुरी घटन गएको बुझ्न गाह्रो पर्दैन।

पछिल्लो समय अख्तियारले उजुरी र आफनो कार्य सम्पादन अनलाइन मार्फत गर्न थाले सगै आयोग भित्र छिन छिन् मै कस्ता कस्ता उजुरी कहाँ कहाँ बाट पर्यो तत्काल नै प्रमुख आयुक्तले हेर्न र आवश्यक कार्वाहीको निम्ति जिम्मेवारी तोक्ने सम्मको अवस्थामा आयोग पुगिसकेको कारण हिजोका दिनमा परेका कतिपय उजुरी हराउने सूचना लिकहुने भयबाट अब अख्तियार जोगिएको मात्रै छैन यसले सुशासनलाई थप मद्दत पुर्याएको छ।

हरेक दिन परेका उजुरी कुन कर्मचारीले कसरी काम गरे कुन फाइल को सग छ सबै अनलाइन बाट नै काम हुनेभएकाले उजुरी बढे पनि पर्छ्योट सख्या पनि सगै बढन सकेको हो।

आयोगका सचिब तोयम रायको कडा मेहनत र इच्छाशक्तिका कारण आयोग पूरा प्रबिधिमैत्री बन्न पुगेको छ।

प्रचारमा न आउने सचिब रायाले लोकसेवा आयोग देखी वैदेशिक रोजगार सामाजिक सुरक्षा मन्त्रालय रहदा समेत तत निकायलाई प्रबिधिमैत्री बनाउन ठुलै मेहनत गरेको उहाँको कार्यशैली नियाल्नेहरुको प्रतिक्रिया सुन्न सकिन्छ।

प्रेमकुमार राई जस्तो निष्ठावान र परिणाममा बिश्वास राख्ने ब्याक्तित्वको नेतृत्वमा रहेको आयोग भएकोले नै यो सब सम्भब भएको बुझ्नलाइ गाह्रो पर्दैन।

पछिल्ला दिनहरूमा आयोग पुर्ण रुपमा प्रबिधिमैत्री बन्दै जादा कर्मचारीहरूको कार्य सम्पादन समेत नतिजामुखी बन्दै गएको बताइएको छ।

प्रकाशित मिति:August 18, 2022