बैवाहिक बलात्कारको अभियोगमा एक जना युवक पक्राउ

  Sampatti News Online

August 19, 2022

काठमाडौं । बैवाहिक बलात्कारको अभियोगमा काठमाडौंस्थित अनामनगरबाट एक जना युवक पक्राउ परेको छ ।

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्कीलाई पक्राउ गरेका छन् ।

२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ ।

कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:August 19, 2022