ट्रमामा म्याद थपको नाममा रकम असुलीको आरोप

  Sampatti News Online

August 28, 2022

काठमाडौ । स्वास्थ्य मन्त्रालय मातहत रहेको राष्ट्रिय ट्रमा सेन्टरले कमजोर आर्थिक अवस्था भएका आम नेपालीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको सन्देश एकातिर छ तर यसै अस्पताल भित्र कयौं ज्यालादारी र करार कर्मचारीलाई म्याद थप्दा प्रशासन सेवामा कार्यरत अधिकृत संजय साहले लाखौं रकम संकलन गर्ने गरेको एक पीडितले मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद कुमार यादव समक्ष उजुरी गरेपछि यो तथ्य सगै म्याद थप प्रसङ्गले ट्रमा सेन्टर नै तरङ्गित बन्न पुगेको वीर अस्पताल एक्स्रे शाखाका एक कर्मचारीले सम्पत्ति न्युजलाई बताए।

ट्रमा सेन्टरमा हाल पाँच सय जना स्वास्थ्य कर्मचारीतन्त्र परिचालन भै सेवा दिइरहेका छ्न ।

जस मध्ये झन्डै दुई सय पचास जना विभिन्न सेवामा करार र ज्यालादारी कर्मचारी कार्यरत छ्न।

उनीहरुको ६,६ महिनामा म्याद थप्दै जानुपर्ने अवस्थामा ट्रमा सेन्टर प्रशासनले काम अगाडि बढाउदै आएको छ।
बजारमा बेरोजगारी बढदो छ।

बढदो बेरोजगारको फाइदा लिदै ट्रमा सेन्टरले कम पारिश्रमिकमा पनि धेरै कर्मचारी राखेका छ्न ।

कतिपय कर्मचारीलाई अस्पताल नेतृत्वले कमसेवा सुबिधा दिएर पनि बढी भन्दा बढी काम लागाइरहेका छ्न भने कतिपयले कम काम गरेर पनि सोचे जस्तो सेवा दिन नसकेको परिवेश बीच अस्पताल अगाडि बढिरहेको यथार्थ छ।

स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा कार्यरत जनशक्तिलाई समय अनुकूल सेवा सुबिधा उपलब्ध गराउनुपर्ने चुनौतीको सामना गरिरहेको ट्रमा भित्र करार कर्मचारीलाई म्याद थप्ने नाममा खुल्लेआम रकम असुल्ने आतंकले अस्पताल प्रशासन विवादमा तानिएको छ।

माथी हाकिमको नाम देखाएर अधिकृत साहले एक इन्जिनियर संग एक लाख रकम असुलेको पीडितले नै अस्पताल प्रमुख समक्ष उजुरी गरेकाे आरोप पछि प्रमुखले यो बिषयलाई गम्भीरतापूर्वक लिए सगै रकम असुलीको आरोपित अधिकृत साह यतिबेला तनबमा रहेकाे बताइएको छ।

प्राप्त जानकारी अनुसार करार सेवामा कार्यरत इन्जिनियर बिप्लब पोख्रेलले आफू म्याद थपको नाममा प्रशासन शाखामा कार्यरत अधिकृत साहले पटकपटक रकम दिन दिएको दबाब बाट आफू आतंकित भएको भन्दै छानबिन सहित कार्वाहीका निम्ति अपिल गर्दै दिएको रकम तत्काल फिर्ता गराउन प्रमुख समक्ष पेश गरेको निवेदनले म्याद थपको नाममा असुली धन्दा चलेको आरोप पुष्टि हुन बा‌कि छ।

एकातिर सेवासुबिधा कम अर्कोतिर श्रम अनुसारको उचित पारिश्रमिक नपाउदा मनभरी गुनासो बोकेर सेवाभाबका साथ कार्यक्षेत्रमा डटने करार र ज्यालादारी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा दिदै आएको रकम मै आँखा लाउने अधिकृत साहलाई ट्रमा सेन्टरका प्रमुख र भिसी कार्यलयले कसरी लिन्छन र कार्वाही प्रक्रिया कुन ढंगले अगाडि बढाउछ त्यो भने पीडितहरुका निम्ति प्रतीक्षाको बिषय भएको छ।

यसै बिषयमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट यादव संग सम्पर्क गर्दा उहाले निवेदन र उजुरी पर्ने बितिकै त्यो सत्य हुन्छ भन्ने हुदैन मलाई यो बिषयमा जानकारी छैन भन्नुभएको छ भने आरोपित अधिकृत साहले समेत यो समाचारमा सत्यता नरहेको भन्दै समाचारको खण्डन गर्नुभएको छ।

प्रकाशित मिति:August 28, 2022