माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक

  Sampatti News Online

September 1, 2022

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेका छन्। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ।

आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो। जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ।
यस्तै प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै मधेस प्रदेशबाट १७ सय २० जना उत्तीर्ण हुँदा ९६ जनाको परीक्षा रद्द गरेको आयोगले जनाएको छ।

गण्डकी प्रदेशबाट २६ सय ४५ जनाले अध्यापन अनुमति पाएका छन्। यस्तै गण्डकीबाट ३६ जनाको परीक्षा रद्द भएको छ। त्यसै गरी लुम्बिनीबाट ३९ सय ७३ जना पास भएका छन्। यहाँबाट ६५ जनाको परीक्षा रद्द गरिएको छ। कर्णाली प्रदेशबाट १६४६ पास हुँदा ३९ जनाको परीक्षा रद्द भएको छ। त्यस्तै सुदूरपश्चिमबाट २०६१ जनाले अनुमति पाउँदा ५२ जनाको परीक्षा रद्द भएको छ।

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

प्रकाशित मिति:September 1, 2022