भदौ २७ गते सोमबार, कस्तो छ तपाईको राशिफल

  Sampatti News Online

September 12, 2022

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको लगानीबाट नोक्सानी हुनसक्छ । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति:September 12, 2022