एक हजार भन्दा नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र

  Sampatti News Online

September 20, 2022

भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय भन्दा बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् । यी सबै सवारीसाधनको मुख्य नेपाली बजारमा न्यूनतम रु २० लाखदेखि करोडसम्मका रहेका छन् । वीरगञ्जस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँचचौकी (आइसिपी) का प्रमुख कमल ज्ञवालीका अनुसार गत फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारीसाधन रोकिएका हुन् ।   

बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् । 

पछिल्लो समय नयाँ सवारीसाधन बिक्रीमा निकै कमी आएको नेपालमा सवारी साधनको बिक्रीवितरण गर्दै आएको निकाय सिप्रदी ट्रेडिङ प्राली वीरगञ्जस्थित कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो । 

नयाँ सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ सवारीसाधनको कारोबारमा नफस्टाउने निश्चित जस्तै छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहसहितको टोली मलेशियामा

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको टोलीले मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित सिटी नेटको कार्यक्रममा सहभागिता जनाएको छ । 

प्रमुख सिंहसहित महानगरपालिका उपप्रमुख इम्तियाज आलम, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले कार्यक्रममा सहभागिता जनाएको हो ।  कार्यक्रममा समग्र महानगरपालिकाको चौतर्फी विकास सरोकारवालासँग छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति:September 20, 2022