लोकप्रिय गायक चौलागाईंको नयाँ गीत बजारमा

  Sampatti News Online

September 21, 2022

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘हाम्रो सम्बन्ध’ बोलको गीत उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । प्रेम सम्बन्धमा रहेका युवायुवतीको अन्तर सम्बादलाई गीतले रमाइलो तरिकाले उनेको छ । घरबाट विवाहका लागि आमाले दबाब दिएपछि प्रेमीकालाई विवाहको प्रस्ताव गर्ने प्रेमी र त्यसको जवाफ गीतमा समावेश छ ।

गीतमा शब्दरचना अनुष्का स्वयंको छ भने संगीत युवराजले नै भरेका छन् ।

शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ ।यतिबेला लोकप्रिय गायक चौलागाईंका दर्जनौं गित बजारमा छन।ऊनी श्रोताले सर्वाधिक रुचाइएका गायक हुन।

https://www.youtube.com/watch?v=o1TbPneNMJ4

प्रकाशित मिति:September 21, 2022