नेपाली काङ्ग्रेससँग आक्रोशित भए: माधव

  Sampatti News Online

September 21, 2022

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली काङ्ग्रेससँग आक्रोशित भएका छन् ।

काँग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा काँग्रेसले देश नै आफ्नो पेवा जस्तो ठानेको उनको भनाइ छन् ।

पाँच दलीय गठबन्धनमा छलफल चलिरहेका छन् । कुन दलले कति सिट लिने ? नेपाली काँग्रेसले त यो देश नै उनीहरूको पेवा जस्तो ठानिरहेको छ,” नेता नेपालले भने, “उनीहरूकै बिर्ता भए जस्तो । आज त सुनाइदिएँ, मैले यो तपाईँहरूको बिर्ता हो ?”

अहिले चुनाव कसरी जित्ने भन्नेमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:September 21, 2022