सुनको मूल्य बढ्यो

  Sampatti News Online

September 22, 2022

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेका छन् ।

 आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:September 22, 2022