गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

  Sampatti News Online

September 22, 2022

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार (आज) दिउँसो बस्दैछ ।

राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ ।

प्रकाशित मिति:September 22, 2022