प्रधानमन्त्रीलाई ओलीको प्रश्न ?

  Sampatti News Online

September 22, 2022

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा लागेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले महाभियोगको पुष्टि नभइ प्रधानन्यायाधीश जबरालाई देउवा सरकारले बालुवाटारमा नजरबन्दमा राखेको भन्दै आपत्ती जनाए।

असोज १ गते राति संसदको कार्यकाल सकिएसँगै महाभियोग निस्क्रिय भएको भन्दै जबराले असोज २ गते आइतबार सर्वोच्च जान खोजेपछि सरकारले रोक लगाएको थियो। सर्वोच्च जान नपाएपछि जबराले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका दिए। सोही विषयलाई लिएर ओलीले महाभियोग पुष्टि नहुँदै जबरालाई बलजफ्ती नजरबन्दमा राखेको भन्‍दै आक्रोश पोखे।

उनले भने, म प्रधानमन्त्री शेरबहादुर देउवासँग सोध्न चाहन्छु, आरोप पुष्टि नहुँदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट हो। यो कुन कानुनमा उल्लेख छ ?

अर्को प्रशंगमा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गरे।

नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसँग परामर्श नगरेको उनको भनाइ छ।

ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै बिदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राखे।

प्रकाशित मिति:September 22, 2022