विभिन्न चार वटा राजनीतिक दलद्वारा निर्वाचन बहिष्कार

  Sampatti News Online

September 22, 2022

काठमाडौं । विभिन्न चार वटा राजनीतिक दलहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले रहेका छन् ।

निर्वाचन बहिष्कार घोषणा गर्ने क्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको दुःखको कारण दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको र यो व्यवस्थाको चुनावमा भाग लिनु भनेको ती जनताको दुःख र शोषण–उत्पीडनलाई अझ बढी हुर्काउनु हो ।’

प्रकाशित मिति:September 22, 2022