भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

  Sampatti News Online

September 22, 2022

६ असोज, भक्तपुर । भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेका छन् ।

राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:September 22, 2022