बजारमा सुनको मूल्य बढ्यो

  Sampatti News Online

September 23, 2022

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ थियो ।

प्रकाशित मिति:September 23, 2022