५४ वर्षीय पुरुष मृत भेटिए

  Sampatti News Online

September 25, 2022

९ असोज, झापा । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा मेचीनगर नगरपालिका–१२, कालिझोडामा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको छ ।

‘शव नजिकै विषको बट्टा पनि बरामद भएको छ ।,’

उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । मृतकको भिसेरा जाँचसमेत गर्ने प्रहरी तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने खुल्नेछ ।

मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन । मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुशीला संग्रौला का पति हुन् ।

उनको आइतबार अपरान्ह ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका अध्‍यक्ष एकराज गिरीले बताए ।

प्रकाशित मिति:September 25, 2022