पार्टी कार्यालयमा धर्ना दिने शेखरकाे समूह

  Sampatti News Online

September 26, 2022

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको डा‍‍‍ शेखर कोइराला समूहले अब पार्टी कार्यालयमा धर्ना दिने भएका छन् ।

सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टीको केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेका छन् । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।‍‍‍‍

प्रकाशित मिति:September 26, 2022