एमालेका सल्लाहकार गंगाराम यादव द्वारा पार्टी परित्याग

  Sampatti News Online

September 26, 2022

१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।

उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएका छन् । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति:September 26, 2022