७६ जिल्लामा डेंगु पुग्याे, आज एक हजार ५१ जना संक्रमित थपिए

  Sampatti News Online

September 26, 2022

पछिल्लो समय डेंगु बिरामीकाे संख्या अत्याधिक बढ्न थालेकाे छ । गएकाे २४ घण्टाभित्र  डेंगुका  एक हजार ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

शुरूमा तराइका जिल्लामा देखिएकाे डेगुकाे प्रकाेप अहिले काठमाण्डाै उपत्यकामा अत्याधिक छ । हालसम्म देशभरका मुस्ताङ बाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे छ । सरकारले यसलाई प्रकोप घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति:September 26, 2022