नेपालमै पहिलोपटक बुद्ध एयरले लियो आधुनिक सिमुलेटर

  Sampatti News

June 18, 2020

काठमाडौं । वायुसेवा कम्पनी बुद्ध एयरले आधुनिक सिमुलेटर ल्याएको छ । निजी क्षेत्रको अग्रणी स्थानमा रहेको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमा पहिलो पटक यो आधुनिक सिमुलेटर ल्याएको हो ।


कम्पनीका अनुसार पाइटलको तालिम दिने प्रयोजनका लागि ल्याइएको हो । यो सिमुलेटर नयाँ पुस्ताको हो । उडानमा हुने समस्या समाधानका लागि ल्याइएको यो सिमुलेटर ५ लाख युरो अर्थात करिब ७ करोड रुपैयाँ खर्च भएको कम्पनीको भनाइ छ ।
एटीआर विमानका लागि लक्षित गरी ल्याइएको सिमुलेटर विमानमा देखिने कुराभन्दा पनि भित्रको सिस्टमबारे विस्तृतमा जानकारी प्राप्त हुन्छ । विमानमा आउने कुनै पनि समस्या उक्त सिमुलेटरमा देखिन्छ ।

‘कुनै विमान गन्तव्यमा उडान गर्दा उक्त विमानस्थलमा अवतरण गर्दाको त्यहाँको मौसमको अवस्था, विमानको सिस्टमको अवस्थालगायत सम्पूर्ण जानकारी सिमुलेटरमा प्राप्त हुन्छ,’ कम्पनीले भनेको छ ।

सिमुलेटर विशेष गरी तालिम प्रयोजनका लागि ल्याइएको हो । विमान उडान गर्दा हुने सबै खाले जानकारी यसमा प्राप्त हुन्छ । आधुनिक सिमुलेटर एटीआर विमानको ककपिटमा भएको सम्पूर्ण सिस्टम भएको छ ।

प्रकाशित मिति:June 18, 2020