लोक सेवा आयोगले माग गरे ठुलो संख्यामा कर्मचारी

  Sampatti News Online

November 16, 2022

काठमाडौँ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले ज्येष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरूमा विज्ञापन खुलाएको हो । जस अनुसार तथ्याङ्क अधिकृत,इन्जिनियर,पशु सेवातर्फका कृषि इन्जिनियर,कम्प्युटर अधिकृत लगायत छन् ।

यस्तै संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौँ तहका २० र सातौँ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुहोस् विज्ञापन

प्रकाशित मिति:November 16, 2022