सुशासनका निम्ति अख्तियार थप कठोर बन्नुपर्ने

  Sampatti News Online

December 8, 2022

काठमाडौं । नारामा भ्रस्टाचार गर्दिन हुन पनि दिन्न भने पनि समाजमा त्यस्तो हुन सकेको छैन।
लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । गत आवमा घुस र रिसवतसम्बन्धी ३२ वटा मुद्धामा विभिन्न क्षेत्रमा कार्यरत ३० जना राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि ५० लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा ती ३० राष्ट्रसेवक फन्दामा परेका हुन् ।

सबैभन्दा घुस्याहा प्राविधिक र त्यसमा पनि नायब सुब्बा तहका कर्मचारी रहेको उस्को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रशासन सेवाका १२ जना कर्मचारी डामिँदा १४ प्राविधिकतर्फका छन् । २ बर्दिवाला पनि घुस्याहामा दर्ज भएका छन् । २ शिक्षकविरुद्ध घुस्याहा भएको भन्दै मुद्धा चलाइएकोमा निर्वाचित वा मनोनित ८ जना र सबैभन्दा धेरै विचौलिया १४ जना उपर मुद्धा चलाइएको छ ।

घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका शाखा अधिकृत वा सो सरहका ७ जना, नासु वा सो सरहका १७ जना,खरिदार वा सो सरहका ५,सहायक कर्मचारी १,मतियार वा विचौलिया १४ र निर्वाचित जनप्रतिनिधि ८ जना रहेका छन् ।

अघिल्लो वर्ष सम्पत्तिको स्रोत देखाउन नसक्दा अख्तियारले विशेष अदालतमा ५३ कर्मचारीविरुद्ध मुद्दा दर्ज गरेको छ । ती कर्मचारीले आर्जन गरेको र स्रोत देखाउन नसकेको रकमले एउटा परियोजना बन्न सक्छ । उनीहरूले एक अर्ब १० करोड आम्दानीको स्रोत देखाउन सकेका छैनन् ।यसरी राज्य दोहन गर्ने कर्मचारीले मनोपली गर्दै जाने दण्ड जरिवानाको दायरामा ल्याउन सबै नलाग्ने हो भने अन्तर्राष्ट्रिय क्षेत्र सामु देशकै छवि माथि गम्भीर प्रश्न उठने अवस्था आएको छ।यस कामका निम्ति अख्तियार मात्रै लागेर हुदैन सरोकारवाला सबै पक्षले आफ्नो मुल दायित्व सम्झेर लाग्न सकेमात्र हामी सबैले खोजेको सुशासन सम्भब देखिन्छ।

यस्तै गत आर्थिक बर्षमा मात्र १९ जना कर्मचारीले २३ करोडको सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ

प्रकाशित मिति:December 8, 2022