एम्बाप्पेकोे किस्सा

  Sampatti News Online

December 20, 2022

आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले तेस्रोपटक उपाधि उचाल्यो । पूर्वविजेता फ्रान्स भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा लियोनल मेसी र क्लियन एम्बाप्पेबीच सर्वाधिक गोल गर्ने जुहारी नै चलेको जस्तो देखिन्थ्यो । हुन पनि सेमीफाइनलमा दुवैले पाँच–पाँच गोल गरेका कारण यसपटक गोल्डेन बुट कसको पोल्टामा पर्ला भन्ने निर्णय फाइनल म्याचमा निर्भर थियो । जहाँ उपविजेता टोलीका खेलाडी एमबाप्पे सफल भए ।

उनले फाइनलमा ह्याट्रिक गोल गर्दै प्रतियोगिताभरि कुल आठ गोलसहित गोल्डन बुट हात पारे । एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि, सन् १९६६ मा इंल्यान्डका जफ हर्स्टले पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा तीन गोल गरेका थिए । उक्त गोलसँगै उनको टोली पहिलोपटक विश्व विजेता बनेको थियो । तर, एमबाप्पेले भने तीन गोल गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

पहिलो हाफमा २–० ले पछि परेको फ्रान्सलाई एमबाप्पेले अन्तिम समयमा दुई गोल गर्दै २–२ को बराबरीमा फर्काएका थिए । त्यसपछि थपिएको समय अर्जेन्टिनाका मेसीले अर्को गोल गर्दा एमबाप्पेले पनि पेनाल्टी मार्फत अर्को गोल गर्दै खेललाई टाइब्रेकरमा लम्ब्याउन भ्याए । टाइब्रेकरमा पनि एक गोल गरेका एमबाप्पेले फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बने ।

एम्वाप्पेले फानल खेलको ८०औँ मिनेटसम्म २–० ले पछि परेको फ्रान्सलाई पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर मात्र घटाएनन् । त्यसको दुई मिनेट नबित्दै अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यो गोलले विश्वकप फाइनलमा सबैभन्दा कम समयमा दुई गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि सन् २००२ मा रोनाल्डोले जर्मनीविद्धको खेलमा १२ मिनेटको अन्तरमा दुई गोल गरेका थिए ।

एमबाप्पे दुई विश्वकपका १४ खेलमा १२ गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाचौँ स्थानमा छन् । चारवटा विश्वकपका १४ म्याच खेलेका ब्राजिलका पेलेको पनि विश्वकपमा समान १२ गोल रहेको छ । उक्त सूचीमा सबैभन्दा माथि चार विश्वकपका २४ खेल खेलेका जर्मनीका मिरोस्लाभ क्लोज रहेका छन् ।

उनले १६ गोल गरेका छन् । त्यस्तै, ब्राजिलका रोनाल्डो १५ गोल सहित दोस्रो स्थानमा छन् । उनले पनि चारवटा विश्वकपका १९ म्याच खेलेका छन् । आफूले खेलेका पाँच विश्वकपका २६ खेलमा १३ गोल गरेका अर्जेन्टिनी खेलाडी मेसी चौँथो स्थानमा छन् । उनले फाइनलमा गरेको दुई गोलसहित सात गोल गरेका छन् ।

सन् १९७० को विश्वकपपछि एउटै विश्वकपमा सबैभन्दा बढी ८ गोल ब्राजिलका रोनाल्डोले गरेका थिए । अहिले एमबाप्पेले रोनाल्डोको गोलसँग बराबरी गरेका छन् । २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका २३ वर्षीय एमबाप्पेले फ्रान्सका लागि ६६ म्याचमा ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

प्रकाशित मिति:December 20, 2022