कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित

  Sampatti News Online

December 21, 2022

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा आज (बुधबार) बिहान भएको निर्वाचनमा देउवा निर्वाचित भएका हुन् ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ वटा मतसहित सभापति देउवा निर्वाचित भएका छन् ।

देउवा २०५१ सालमा तत्कालीन पार्र्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा संसदीय दलको नेता बनेका थिए । त्यो बेला उनी ४९ वर्षका थिए र प्रधानमन्त्री पनि बने ।
प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले सुशील कोइरालालाई पराजित गरे ।

२०७० मा भएको दोस्रो दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेका सुशील कोइरालाले दलीय सहमतिअनुसार २०७२ असोज ३ गते संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिए ।

यसपछि भएको कांग्रेस संसदीय दलको नेतामा देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए । देउवा तेस्रोपटक संसदीय दलको नेतामा निर्वाचित भए ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा चौँथोपटक संसदीय दलको नेतामा निर्वाचित भए । पाँचौँपटक आज गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा विजयी भए ।

प्रकाशित मिति:December 21, 2022