पुस २८ गते बिहीबार, यस्तो छ तपाईंकाे राशिफल

  Sampatti News Online

January 12, 2023

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढ्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति:January 12, 2023