आज माघ ९ गते सोमवार : यस्तो छ तपाईंको राशिफल

  Sampatti News Online

January 23, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा पनि उल्झन आउनेछ, तर शेयर बजारले साथ दिनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

प्रकाशित मिति:January 23, 2023