भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदै

  Sampatti News Online

January 26, 2023

एजेन्सी, छिमेकी देश भारतले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ ।

यस अवसरमा राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति भवन अगाडिको सडकमा आयोजना हुने विशेष परेड समारोहमा भारतीय सैनिकको शक्ति प्रदर्शन पनि गर्ने गरिन्छ ।

प्रकाशित मिति:January 26, 2023