शिक्षा क्षेत्रको रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने: शिशिर

  Sampatti News Online

January 26, 2023

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौं तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताउनुभयो ।

मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन र गुणस्तर बढाउने विषयमा काम गर्ने छु ।’ उहाँले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४र५ लाख शिक्षक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

प्रकाशित मिति:January 26, 2023