माओवादी केन्द्रले सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

  Sampatti News Online

January 26, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई उपाध्यक्ष बनाउने भएपछि जारी स्थायी समिति बैठकमा सहभागी भएका छन् । अहिले माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

अहिले माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरात छन् । नेता सापकोटालाई उपाध्यक्षसहित प्रवक्ताको जिम्मेवारी दिने तयारी रहेको एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजैको बैठकले सो जिम्मेवारी दिनेछ ।

प्रकाशित मिति:January 26, 2023