हेटौँडा उपमहानगरले हटायो करारका कर्मचारी

  Sampatti News Online

February 1, 2023

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरू समेतलाई हटाइएको हो ।

उपमहानगरपालिकामा चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रमुख लामाले बताइन् ।

उनले भनिन्, ‘सरकारको निर्णय अनुसार नै कर्मचारी हटाएका हौ, बाकी केही कर्मचारी पदपूर्तिका लागी प्रदेशलाई भनेका छौ ।’ उनले अगाडी भनिन् ‘केही पदपूर्ति भइसकेको छ, बाकी बिस्तारै गर्दैछौ ।’

प्रकाशित मिति:February 1, 2023