नेप्सेमा सामान्य सुधार

  Sampatti News Online

February 1, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार नेप्सेमा ४.९७ विन्दुले बजार बढेर नेप्से इण्डेक्ड दुई हजार एक सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  बुधबार कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार सात सय ५३ रुपैयाँ पुगेको छ । 

आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज ५ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ ।                                 
 

प्रकाशित मिति:February 1, 2023