करिब दुई सय बढी शिक्षकले राजीनामा दिए

  Sampatti News Online

February 1, 2023

काठमाडौँ । विगतको वर्षहरूको तुलनामा राजीनामा दिने शिक्षकको संख्या बढेको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरूको तुलनामा भने बढी देखिएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताब खाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिने छन् ।

अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरूको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक भएको हो ।

यो वर्ष राजीनामा दिने शिक्षक मध्ये अधिकांशको सेवा अवधि ३० वर्ष पुगेको र प्रविधिमार्फत पढाउन समस्या भएको जस्ता कारण रहेको बुझिएको छ ।

पछिल्लो समय विभिन्न माध्यममा भएका पाठ्यसामग्रीहरूलाई पनि आधार बनाएर पढाउन पालिकाहरूले दबाब दिइरहेकाले प्रविधिमा ज्ञान नहुने र सिक्न गाह्रो मान्ने शिक्षकहरूले राजिनामा दिएका हुन् ।

प्रकाशित मिति:February 1, 2023