मधेसको किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने

  Sampatti News Online

February 17, 2023

जनकपुरधाम : मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरूका लागि निःशुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि पहल सुरु गरेको छ।

मधेसको १ सय ३६ वटै पालिकामा कृषि विद्युतीकरण, कृषि मिटर निःशुल्क वितरण र सिँचाइको व्यवस्थापनका लागि मन्त्रालयले पहल सुरु गरेको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाको पहलमा नेपाल विद्युतीकरणको प्रादेशिक कार्यालयसँग समन्वय गरिरहेको छ। 

यसका लागि मधेस प्रदेशको हरेक जिल्लाका नेपाल विद्युत प्राधिकरणको कार्यालयसँग छलफल गरिने मन्त्री कुशवाहाले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणको मापदण्ड अनुसार बिजुलीको महशुल पालिकाले तिर्नुपर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याइने मन्त्री कुश्वाहाको भनाइ छ। 

किसानलाई निः शुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि भएको छलफलमा मन्त्री कुश्वाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर थिए। 

मधेस प्रदेशमा सप्तरीको राजविराज, रुपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरुँगा र अग्निसाइर पालिकाले पहल थालेका छन्। 

त्यस्तै धनुषाका सबैला, क्षिरेश्वरनाथ, बटेश्वर, शहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया र जनकपुरधाम, महोत्तरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी र रामगोपालपुर, सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती र पर्साको वीरगन्जले समेत यसका लागि पहल सुरु गरेको छ।

प्रकाशित मिति:February 17, 2023