क्यान इन्फोटेक २०१८ को अन्तिम तयारी

  Sampatti News

November 21, 2018

यहि माघ महिनाको ११ गते देखि सुरु हुन लागेको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पुरा भएको क्यान महासंघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यसपालीको क्यान इन्फोटेक मेलामा २२२ वटा स्टल हुनेछन्। भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलभित्र  ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी स्टल रहने र ट्रसमा १४४ वटा स्टल रहनेछ । त्यस्तै  अरु खाली ठाउँहरू र  फुड स्टलहरूका लागि २४ वटा स्टल रहनेछन्। क्यान इन्फोटेक मेला ६ दिन सम्म चल्ने छ ।

नेपाली उत्पादनलाई प्राथमिकता दिने हिसाबले गर्न लागिएको यसपालीको प्रदर्शनीमा स्वदेशी प्रविधिका लागि छुट्टै स्टल राखिने भएको छ। ४४ वटा स्टल नेपाली सफ्टवेयर कम्पनीका उत्पादन, स्टार्ट अप र स्वदेशी प्रविधिका लागि छुट्टाईएको छ । टिकेट काटेर मात्र मेला अवलोकन गर्न पाइने क्यान इन्फोटेक मेलामा यसपाली  सर्वसाधारणहरुलाई १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।यो क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु र सहप्रायोजक मोटोरोला कम्पनी रहेका छन्।

प्रकाशित मिति:November 21, 2018